• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

मुसिकोटका अधिकांस घर मापदण्ड विपरित

image not found

सानीभेरी समाचार डेस्क

रुकुम सदरमुकाम मुसिकोट खलंगामा निर्माण भएका अधिकांस घर मापदण्ड विपरित रहेको पाईएको छ । जिल्ला प्राविधिक कार्यालय र मुसिकोट नगरपालिका लगाएत विभिन्न कार्यालयका इन्जिनियर सहितको टोलीले सदरमुकामका घरहरुको अवस्थाका बारेमा अनुगमण गरेको थियो । त्यस क्रममा सदरमुकामका अधिकांस घरहरु मापदण्ड विपरित निर्माण भएको भेटिएको प्रमुख जिल्ला इन्जिनियर दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । धेरैले जानकारी नभएर तथा केहिले अटेरी गर्दै मापदण्ड मिचेर घर बनाएको उहाँले बताउनुभयो । त्यस्तै प्राविधिकको सल्लाह अनुसार निर्माण भएका घरहरुको संख्या पनि निकै कम रहेको उहाँको भनाई छ । 

 

उहाँका अनुसार जिल्ला प्राविधिक कार्यालयमा घर बनाउनुभन्दा अगाडी सल्लाह लिन आउनेको संख्या निकै कम छ । मापदण्ड विपरित घर निर्माण भएपनि त्यसको असर भने जनसुकै बेला नदेखिने प्राविधिकहरुको भनाई छ । घरहरुले सामान्यतया ठुलै भार बहन गर्न सक्ने भएकाले सामान्य बेलामा घरबाट त्यस्तो कुनै जोखिम नदेखिने भएपनि दिर्घकालिन रुपमा भने त्यसले ठुलो प्रभाव पार्ने प्रमुख जिल्ला इन्जिनियर घिमिरेले बताउनुभयो । 

 

यस्ता घर सबैभन्दा बढी भुकम्पबाट असुरक्षित हुने उनको भनाई छ । मुसिकोट नगरपालिकाले भने विभिन्न कारणले भवन संहितालाई कडाईका साथ लागु गर्न नसकिएको बताएको छ । भुकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा घरहरुको अनुगमण गरिएको हो । यस कार्यमा जिल्ला विकास समिति, मुसिकोट नगरपालिका, नेपाल रेडक्रस सोसाईटी, युएमएन र रुकुमेली समाज विकास केन्द्रद्धारा संचालित पहल कार्यक्रमले सहयोग गरेका थिए ।