• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

नुवाकोट ३ मा पुर्ण सरसफाई अभियान

image not found

गोपालसिंह खड्का, रेडियो सानीभेरी 

 

रुकुमको नुवाकोट ३ लाई पुर्ण सरसफाई युक्त घोषणा गर्न लागि अभियान थालिएको छ । रुकुम जिल्लालाई सन् २०२० सम्ममा पर्ण सरसफाई युक्त घोषणा गर्ने अभियानलाई सफल पार्न वडा नागरिक मञ्च, आमा समुह सक्रिय भएका छन् ।  उनिहरुलाई नेपाल रेडक्रस सोसाईटीले सहजिकरण गरिरहेको छ । १ सय २० घरधुरी मध्ये आज पहिलो दिन ५५ घरमा हामी सबैको रहर पुर्ण सरफाई युक्त युक्त हाम्रो घर भन्ने मुल नारा सहितको स्टिकर टाँसिएको छ । 

 

स्टिकरमा पुर्ण सरसफाईका ६ सूचक पुरा गरेका घरमा धन्यवाद र बाँकी रहेका घरमा तत्काल पुरा गर्न सुझाव सहितको स्टिकर टासिएको वडा नागरिक मञ्चका सचिव सन्तोस ओलीले बताउनुभयो । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका कार्यक्रम संयोजक ठगेन्द्र पुरी, प्राविधिक विनाराम डाँगी, सामाजिक परिचालक तिलसरा खड्का, आमा समुह, वडा नागरिक मञ्च, खानेपानी तथा सरसफाई समिति, शिक्षक विद्यार्थी लगाएतको उपस्थिति रहेको छ ।