• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो, ‘प्रधानमन्त्री’

image not found

सानीभेरी समाचार डेस्क ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अफ्ठ्यारो नै आफ्नो अफ्ठ्यारो भएको बताउनु भएको छ । नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘म अप्ठ्यारोमा छैन । तर, देश अप्ठ्यारोमा छ, देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो । देशको अप्ठ्यारो हल गर्ने प्रयासमा छु । यसका लागि राष्ट्रिय सहमति र एकता जरुरी छ ।’

 

सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने तयारी गरिरहेको बताउनुभयो । मेरो प्रयत्न देशलाई पहाड र तराईका नाममा ध्रवीकरणमा लैजाने होइन, हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्नु हो । राष्ट्रिय एकता कायम गरेर निर्वाचन सफल भए मात्रै हामी सफल हुन्छौं र राष्ट्रिय एकता कायम हुन्छ ।’

 

कार्यक्रममा राष्ट्रिय राजनीति र सिर्जनाका विभिन्न क्षेत्रमा योगदान गर्ने सात जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।