• अहिले तरंगमादलित आवाज
  • केहि छिनमानेपाल परिवेश (थाहा)

ताजा अपडेट :

समाचार

रुकुममा ९ ओटा स्थानिय तह बन्ने

image not found

सानीभेरी समाचार डेस्क ।

रुकुममा ९ ओटा स्थानिय तह बन्ने भएका छन् । स्थानिय तह पुनर्संचनाका लागि बनेको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा रुकुममा ३ नगरपालिका र ६ गाउँपालिका गरी ९ ओटा स्थानिय तह रहने उल्लेख गरिएको छ । ३ नगरपालिकामा मुसिकोट, चौरजहारी  र आठबिसकोट रहेका छन् । जिल्लामा आठविसकोट नगरपालिका नयाँ थपिन लागेको हो । त्यस्तै ६ गाउँपालिकामा पुथा उत्तरगंगा, भुम्या, सिस्ने, बाँफिकोट, त्रिवेणी र सानी भेरी रहेका छन् । 

 

यसअघि स्थानिय तह पुनर्संचना प्राविधिक सहयोग समितिले रुकुममा २ नगरपालिका र ८ गाउँपालिका गरी १० ओटा स्थानिय तहको सिफारिस गरेको थियो । तर आयोगले पुथा र उत्तरगंगा गाउँपालिकालाई मिलाएर पुथा उत्तरगंगा गाउँपालिका बनाएको छ भने आठविसकोटलाई नगरपालिका बनाउने प्रस्ताव गरेको छ । त्यसैगरी सल्यानमा १० ओटा स्थानिय तह रहने छन् । ३ नगरपालिका र ७ गाउँपालिका गरी १० ओटा स्थानिय तह बन्ने भएका हुन् । जसमा शारदा नगरपालिका, बागचौर नगरपालिका र बनगाड कुपिन्डे नगरपालिका रहेका छन् । 

 

त्यस्तै कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका र दार्मा गाउँपालिका बन्ने छन् । रोल्पामा भने १ नगरपालिका सहित १० ओटा स्थानिय तह रहने गरी आयोगले प्रतिवेदन तयार पारेको छ । जिल्लामा एक मात्र रोल्पा नगरपालिका बन्ने छ । भने ९ ओटा गाउँपालिकामा त्रिवेणी, दुईखोली, माडी, रुन्टीगढी, लुङग्री, सुकीदह, सुनछहरी, सुवर्णावती र थवाङ रहेका छन् । जाजरकोटमा भने ७ ओटामात्र स्थानिय तह भन्ने भएका छन् । 

 

३ नगरपालिका र ४ गाउँपालिका सहित ७ ओटामात्र स्थानिय तह बन्ने भएका हुन् । जसमा भेरी नगरपालिका, छेडागाड नगरपालिका, त्रिवेणी नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका र शिवालय गाउँपालिका रहेका छन् ।