• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

लक्ष अनुसार अगाडी बढेन पुर्ण सरसफाई अभियान (कुराकानी सहित)

सानीभेरी समाचार डेस्क 

रुकुममा सरसफाई अभियान लक्ष अनुसार अगाडी बढ्न नसकेको पाईएको छ । सन् २०१६ भित्रमा ५ गाविसलाई पुर्ण सरसफाई युक्त घोषणा गर्ने लक्ष राखिएकामा उक्त लक्ष पुरा हुन सकेन् । जिल्लाका चौखावाङ, रुघाँ, मुरु, सिम्ली र स्यालापाखा गाविसलाई  वितेको वर्ष सन् २०१६ मा पुर्ण सरसफाई युक्त घोषणा गर्ने लक्ष लिइएको थियो । तर तोकिएको समयमा कुनैपनि गाविस पुर्ण सरसफाई युक्त घोषणा हुन सकेनन् । 

 

पुर्ण सरसफाई रणनितिक योजना २०७२ ले जिल्लालाई सन् २०२० सम्ममा पुर्ण सरसफाई युक्त घोषणा गर्ने लक्ष लिएको छ । जसअनुसार ४ वर्षको अवधिमा विभिन्न गाविसलाई पुर्ण सरसफाई युक्त घोषणा गर्ने भनिएको छ । वितेको वर्ष घोषणा गर्ने लक्ष राखिएका गाविसलाई अव सन २०१७ मा घोषणा गरिने जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । 

 

अव अघिल्लो वर्षबाट सरेर आएका ५ र सरसफाई रणनितिक योजना अनुसार यो वर्ष घोषणा गर्ने लक्ष लिईएका ५ गरी १० गाविसलाई यो वर्ष पुर्ण सरसफाई युक्त घोषणा गरिने उहाँले बताउनुभयो । 

 

कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोस

https://soundcloud.com/manish-khadka-5/talk-ldomp3