• अहिले तरंगमाअनुरोध संगीत
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

रुकुममा महिलाहरुको समानुपातीक समाबेशी सम्बन्धि अभिमुखिकण सुरु

सानिभेरी समाचार डेस्क,

पुष १३ मुसिकोट,

रुकुम मुसिकोट खलंगामा महिलाहरुको समानुपातिक समाबेशी प्रतिनिधित्व सम्बन्धि २ दिने अभिमुखिकरण सुरु भएको छ । अन्तरपाटी महिला संजाल केन्द्रिय कार्यालयको सहयोग तथा अन्तरपाटी महिला संजाल रुकुमको आयोजनामा अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।

 

महिलाका हक अधिकार तथा स्थानिय निकायमा महिला सहभागीता र समावेशि प्रतिनिधित्वका बारेमा जानकारी गराउने उदेश्यले अभिमुखिकरण संचालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा महिलाका हक अधिकार, स्थानिय निकायमा महिला सहभागीता, समावेशि प्रतिनिधित्व लगाएतका विषयमा छलफल भैरहेको छ ।

 

भोली सम्म चल्ने अभिमुखिकरणको सहजिकरण संजालकी केन्द्रिय सचिव कमला रोका र पुर्व केन्द्रिय अध्यक्ष निलम केसीले गरिरहनु भएको छ । उक्त कार्यक्रममा जिल्ला स्थित सबै पार्टीका महिला संगठनका प्रतिनिधि र अन्तरपाटी महिला संजालका पदाधिकारीहरु गरी ३० जनाको सहभागीता रहेको थियो ।

 

संजालकी जिल्ला अध्यक्ष इन्दीरा बुढाको अध्यक्षतामा एक कार्यक्रमकाबिच अभिमुखिकरणको आज उद्धघाटन गरिएको हो । संजालकी केन्द्रिय सचिव तथा पुर्व खेलकुद मन्त्री कमला रोकाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्ष तथा पुर्व महिला तथा बालबालिका मन्त्री निलम केसीको विशेष आतिथ्यता रहेको थियो ।

 

संजालकी उपाध्यक्ष निर्मला गिरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव सिता शर्माले गर्नुभएको थियो ।