• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

पूर्वी रुकुमका स्थानिय तीन महिना देखी टेलिफोन सेवाबाट वन्चित

सानिभेरी समाचार डेस्क,

पुष १३ मुसिकोट,

रुकुमको पुर्वी क्षेत्रका स्थानीयहरु करिव तीन महिना देखी टेलिफोन सेवावाट वन्चित भएका छन् । राङ्शीको सेपेधुरीमा रहेको नेपाल टेलिकमको स्काई टावरमा खरावी आएपछि तीन महिना देखी फोन सेवा बन्द भएको हो । 

 

टावरमा खरावि आउँदा जिल्लाको जाङ, राङसी, कोल, तकसेरा, हुकाम, मैकोट लगाए गाविसका हजारौं स्थानीयहरु टेलिफोन सेवाबाट वञ्चित भएका छन् । लामो समयदेखि टावर मर्मतका लागी पटक पटक नेपाल टेलिकम रुकुममा अनुरोध गरेपनि अहिले सम्म मर्मततर्फ कसैले चासो नदिएको स्थानिय सुविन मगरले जानकारी दिनुभयो । 

 

सेपेधुरीमा रहेको मेन टावरमा खराबी आएपछि कोलको बिर्गुम र रन्मामैकोटमा रहेका २ वटा टावरले पनि कामगर्न छोडेको उहाँको भनाई छ । त्यसक्षेत्रमा स्काई बाहेक अरु कुनैपनि फोनले काम नगर्ने स्थानियले बताएका छन् । 

 

तीन महिना सम्म पनि टावर मर्मतमा सरोकारवाला निकाय गम्भिर नभएको भन्दै स्थानीयहरु आक्रोषित भएका छन् ।