• अहिले तरंगमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)
  • केहि छिनमादलित आवाज

ताजा अपडेट :

समाचार

रुकुमकोटदेखि घोराही सम्म सिधा बस सेवा सुरु

सानिभेरी समाचार डेस्क,

पुष १३ मुसिकोट,

रुकुमको रुकुमकोट देखि दाङ घोराही सम्म सिधा बस सेवा सुरु भएको छ । सिस्ने हिमाल तथा मिनिवस यातायात व्यवसायी समिति रुकुमले आजदेखि रुकुमकोट–घोराही बस सेवा सुरु गरेको हो । 

 

वस सेवा सुरु भएसंगै पुर्वी रुकुमका दर्जन वढी गाविसका नागरिकहरुमा वस चढ्न सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छ । यसअघि जिल्ला बाहिर जाने पुर्वी रुकुमका नागरिकहरुमा सदरमुकाम सम्म साना गाडी चढेर आउनुपर्ने बाध्यता थियो ।

 

आज एक कार्यक्रमका विच समितिका अध्यक्ष जनक बाँठाले बस सेवाको उद्घाटन गर्नुभएको हो । अवदेखि रुकुमकोटबाट प्रत्येक दिन बिहान साढे ७ वजे घोराहीका लागि र घोराहीबाट बिहान ६ वजे रुकुमकोटका लागि गाडी छुट्ने समितिका महासचिव महेन्द्रराज गौतमले जानकारी दिनुभयो । 

 

त्यस्तै रुकुमकोट देखि घोराही सम्मको भाडादर ८ सय ३० ताकिएको छ । गाडी उद्घाटन भएसंगै आज पहिलो दिन रुकुमकोटबाट ना. ४ ख ६०६१ नम्बरको वस घोराहीका लागि छुटेको छ । 

 

यसअघि समितिले रुकुमकोटबाट काठमाडौंका लागि पनि गाडी संचालन गरेको थियो । तर केहि समय संचालन भएको सेवा अहिले भने बन्द छ ।