• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सल्यानमा ट्रयाक्टर पल्टीदाँ चालक गम्भीर घाईते

image not found

सानिभेरी समाचार डेस्क, 

पुष १२ मुसिकोट,

सल्यानको मुलखोला ४ च्युरामा ट्याक्टर दुर्घटना हुँदा एक  व्यक्ति गम्भीर घाइते भएका छन् । च्युरा जाँदै गरेको भे १ त ७७९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक नौवस्ता ८ वानीयभार बाँकेका २१ वर्षिय अविनास सुनार घाइते हुनुभएको हो ।

 

घाईते सुनारको समान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज लगिएको छ । ट्रयाक्टरमा सवार अर्का १ जना तजवीर विष्ट भने हामफलेर वच्न सफल भएका छन् ।

  

ढुङ्गा लगेर च्युरा जाँदै गर्दा ओभर लोड तथा साँघुरो बाटोका कारण ट्रली भाँचीएर ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यलय सल्लीवजारका इन्चार्ज चक्र खत्रीले वताउनुभयो ।