• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुममा भिरबाट लडेर एक व्यक्तिको मृत्यु

सानिभेरी समाचार डेस्क, 

पुष १२ मुसिकोट,

रुकुम मुसिकोट नगरपालिका ११ घोर्खानीका जयबहादुर खत्रीको भिरबाट लडेर मृत्यु भएको छ । आईतबार गोठालो गएका ४५ वर्षीय खत्रीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

गोठालो गएका खत्री घर नआएपछि परिवारले खोजी गर्दा उनि सोमबार मृत फेला परेको बताईएको छ । सोमबार दिउँशो खत्रीको सव फेला परेपछि आफन्तले प्रहरीलाई खवर गरेका थिए । 

 

खत्रीको अप्ठेरो बाटोका कारण लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । खत्री गमथली भिरबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।