• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

संविधान कार्यान्वयनको जटिलता हटाउनु अहिलेको आवश्यकताः सांसद पुन

image not found

सानीभेरी समाचार डेस्क, पुस ११

पूर्वआपूर्तिमन्त्री एवं रुकुम क्षेत्र नम्बर १ का सांसद गणेशमान पुनले संविधान कार्यान्वानमा देखिएको जटिलता अन्त्य गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । १२३ औं माओ जयन्तिको अवसरमा रुकुमको चौखावाङ ५ हिलमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।  नेकपा माओवादीका केन्द्रका सचिवालय सदस्य पुनले संशोधनवाद र प्रतिक्रियावादका विरुद्ध लड्दै माओले चीनमा जनवादी क्रान्ति सम्पन्न गरेको स्मरण गर्दै आफ्नो पार्टीले माओवादीकै सिद्धान्तअनुसार गाउँबाट शहर घेर्ने जनयुद्ध गरे पनि बिशिष्ठ परिस्थितिमा क्रान्तिको लाइन बाटो परिवर्तन गर्नुपरेको बताउनुभयो । नेपालको सन्दर्भमा नेपाली मोडेलमै क्रान्ति गर्नुपर्ने आवश्यक रहेको औल्याउँदै उहाँले राज्यसत्ताका सबै मोर्चाबाट अघि बढ्नुपर्ने बताउनुभयो ।

 

सो क्रममा उहाँले हिलमा निर्माण भइरहेको सहिद कामी बुढास्मृति भवनको निरीक्षण गर्नुभएको थियो । ३३ लाखको लागतमा निर्माण भइरहेको भवनमा यो बर्ष सरकारबाट बजेट नआएको भन्दै स्थानीयले बजेट थप्न माग गरेका थिए । सांसद पुनले बजेट खोज्ने प्रतिबद्धता जनाउँदै काम नरोक्न स्थानीयलाई आग्रह गर्नुभएको छ । त्यस्तै सांसद पुनले चौखावाङको मालिका मावि चुनमा पनि निरीक्षण तथा भेटघाट गर्नुभएको छ । भेटमा विद्यालयले कम्प्युटर उपलब्ध गराउन माग गरेको थियो । सांसद पुनले चौखावाङका प्रावि होल र डेल्डाँडा तथा चुनवाङको प्रावि सुर्तानेमा शिक्षक दरबन्दीका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।