• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

काँग्रेसले जिल्ला सदस्यहरुलाई गाउँ पठायो

सानीभेरी समाचार डेस्क, पुस ११

नेपाली काँग्रेस रुकुमले पुस मसान्त भित्र नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल सांस्कृतिक संघको नगर तथा गाउँ अधिवेशन गरिसक्न निर्देशन जारी गरेको छ । पार्टीको जिल्ला कार्य समिति बैठकले उक्त संगठनको नगर तथा गाउँ अधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि समेत खटाएको छ । दुई संगठनको अधिवेनका साथै पार्टीको गतिविधिलाई सक्रिय बनाई सबै संरचनामा आफ्नो संगठन निर्माण गर्नको लागि जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिहरुलाई जिल्लाका सबै ठाउँमा खटाएको नेपाली काँग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । 

 

पार्टीको बैठक, प्रशिक्षण, अन्तरक्रिया, भातृ संस्थाको अधिवेशन, गाउँमा पार्टीको अवस्था सुधार लगायतका काम गर्न १५ दिनका लागि प्रत्येक नगर तथा गाविसमा २÷२ जनालाई जिम्मेवारी दिएर पठाएको सभापति ओलीले बताउनुभयो । उहाँका अनुसार नगर तथा गाउँ अधिवेशन सम्पन्न गरेर आगामी माघ १ र २ गते जिल्लाको चौरजाहारीमा दुबै भातृ संस्थाको जिल्ला अधिवेशन गरिने छ । यसैविच नेपाली काँग्रेसका नेता शहिद हरिभक्त ओलीको १८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाईने भएको छ । 

 

दिवसका अवसरमा आगामी २८ गते देखी खुल्ला पुरुष भलिबल प्रतियोगीताका साथै अन्य विभिन्न कार्यक्रमको आयोजना गरिएको हरिभक्त स्मृति प्रतिष्ठान रुकुमले जानकारी दिएको छ ।