• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

केरुङबाट स्याउ ल्याउँदै गरेको कन्टेनर पल्टँदा पासाङ ल्हामु राजमार्ग बन्द

image not found

बैशाख १८ । 

केरुङबाट स्याउ बोकी काठमाडौँतर्फ जाँदै गरेको कन्टेनर डिब्बा राम्चे गाविस–१ मूलखर्कमा पल्टँदा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ ।

 

गए राति १० बजेको समयमा ओभरलोडका कारण ना६ख ३०२१ नम्बरको कन्टेनर सडकमै पल्टिएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

 

सडक बन्द भएपछि यात्रुबाहक बस र एम्बुलेन्ससमेत चल्न सकेको छैन । कन्टेनर पन्छाउन काठमाडौँबाट क्रेन मगाइसकिएकाले सम्भवत आज साँझसम्म सडक सञ्चालन हुने जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले बताए ।

 

धुन्चेबाट काठमाडौँ जाने र काठमाडौँबाट केरुङतर्फ जाने सयौँ सवारीसाधन रोकिएर बसेका छन् ।