• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

पाँच किलो चरेससहित एक व्यक्ति पक्राउ

सानीभेरी समाचार डेस्क, पुस ११ 

जाजरकोट प्रहरीले पाँच किलो चरेससहित बाँके, नेपालगञ्जका इन्द्रमणि गौतमलाई पक्राउ गरेको छ । रिम्ना बजारदेखि नेपालगञ्जतर्फ जादै गरेको गाडिमा आईतबार विहान चेकजाँच गर्दा प्रहरीले गौतमलाई लागूऔषध चरेस सहित पक्राउ गरेको हो ।

 

सिमीको दालको बोराभित्र राखेर नेपालगन्जतर्फ लैजान लागेको अवस्थामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हिक्मत बोहराले वताउनुभयो । गौतमलाई लागूऔषध कारोबार अन्तर्गतको मुद्दा चलाएर आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

 

लागूऔषध चरेसको कारोबारीमा संलग्न अन्यको खोजी भइरहेको छ । जिल्लाको ग्रामीण भेकमा चरेस तथा गाँजा खेती हुने र गाउमै प्रतिकिलो चरेसको २० हजारसम्म कारोबार हुने गरेको बताईएको छ । जाजरकोटमा पछेल्लो समय लागु औषध कारोवारीहरु पक्राउ पर्ने क्रम वढेको छ । केही महिना अघि मात्र प्रहरीले ९ रोपनी जग्गामा लगाएतको अफिम नष्ट गरेको थियो ।