• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

सभामुखको आह्वानमा सर्वदलिय बैठक बस्दै

image not found

सानीभेरी समाचार डेस्क, पुस ११

सभामुख ओनसरी घर्तीले संसदको गतिरोध अन्त्यका लागि आज सर्वदलीय बैठक डाक्नुभएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमार्फत समस्या समाधानका लागि गरेको प्रयास असफल भएपछि सभामुख घर्तीले सदनमा दस सिटभन्दा बढी ‘स्ट्रेन्थ’ भएका दलहरूको बैठक डाक्नुभएको हो । सदनको गतिरोध अन्त्यका लागि दलहरूलाई जिम्मेवार बनाउन सर्वदलीय बैठक डाकिएको हो । यसअघि पुस ४ मा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सभामुख घर्तीले सकेसम्म विवादित विषयका अन्तरवस्तुमा सहमति गर्न र त्यसो हुन नसक्दा प्रक्रियामा सहमति गर्न आग्रह गरेकी थियो । 

 

जवाफमा आपसी संवादबाट समस्या समाधानको बाटो तय गर्ने बताएका प्रमुख दलका शीर्ष नेताहरूले आपसमा अर्को बैठक गरेका छैनन् । सरकारले मंसिर १४ मा संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा प्रमुख प्रतिपक्षी एमालेसहितका प्रतिपक्षी दलहरूले निरन्तर बैठक अवरोध गरिरहेका छन् । दलहरूबीच थप तिक्तता र धु्रवीकरण हुन नदिनका लागि भन्दै सभामुख घर्तीले पछिल्लो दुई पटक भने सूचनाद्वारा बैठक स्थगित गर्नुभएको छ । सभामुखले संवादका लागि समय उपलब्ध गराएको बताए पनि सरकारले प्रतिपक्षलाई वार्तामा समेत डाकेको छैन ।

 

प्रदेशको सीमांकन हेरफेरसहितको संविधान संशोधन विधेयकको वैधानिकतामाथि प्रश्न उठाउँदै एमाले नेतृत्वको विपक्षी गठबन्धनले विधेयक फिर्ता नभएसम्म सदन चल्न नदिने अडान राखेको छ ।