• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

महिला साफ फुटबलमा नेपालले आज भुटानसंग खेल्दै

image not found

सानीभेरी समाचार डेस्क, पुस ११

चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार (आज) भुटानसँग खेल्दैछ । खेल भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

 

रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपालले समूह चरणमा  माल्दिभ्स र श्रीलंकासँग पनि खेल्नेछ । यी तीनै देशसँग यसअघिका सबै खेलमा नेपाल विजयी भएको छ । यसअघिका लगातार तीन संस्करणमा उपविजेता बनेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको छ ।

 

३ ओटै फाईनलमा नेपाल भारत संग पराजित भएको थियो । फिफा बरियतामा नेपालभदा २६ स्थान माथि रहेको मलेसियालाई १–० ले हराएको नेपाली टोलीको मनोबल उच्च रहेको प्रशिक्षक कुमार थापाले बताएका छन् ।