• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

रारा अभियान मार्फत संविधान संशोधन विद्ययकको विरोध

image not found

सानीभेरी समाचार डेस्क, पुस ११ 

नेकपा मालेको राष्ट्रिय राजनितिक (रारा) अभियान अन्तरगत रुकुम सदरमुकाम मुसिकोटमा ¥याली सहित कोणसभा गरिएको छ । राजनितिक स्थिरताको माग गर्दै देशव्यापी संचालन भैरहेको अभियान अन्तरगत आईतबार मुसिकोटमा ¥याली निकालिएको नेकपा मालेले जनाएको छ । 

 

अभियान मार्फत सरकारले संसदमा पेश गरेको संविधान संशोधन विद्ययकको विरोध भैरहेको छ भने राष्ट्रिय सहमति कायम गरी देश विकासमा लाग्न प्रमुख दलहरुलाई आग्रह गर्ने गरिएको छ । सदरमुकाम मुसिकोट खलंगाको पातुखोलाबाट सुरु भएको ¥याली बजार परिक्रमा गरी त्रिवेणी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

 

कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य माधव केसीले देश गम्भिर संकटमा फसेको बताउनुभयो । राजनितिक स्वार्थका कारण देश संकटमा फसेको बताउँदै केसीले दलहरुविचमा सहमति कायम गराउन दबाव सृजना गर्न आफ्नो पार्टीले देशभर रारा अभियान संचालन गरिरहेको बताउनुभयो ।

 

प्रमुख दलहरु गम्भिर नभए देश गम्भिर दुर्घटनामा पर्ने चेतावनी दिदैं केसीले सरकाले संसदमा पेश गरेको संविधान संशोधनको प्रस्ताव राष्ट्रघाती भएको दाबी समेत गर्नुभयो । जिल्ला सचिव डिलवहादुर नाथको अध्यक्षतामा भएको कोणसभालाई जिल्ला उपसचिव गणेश पौडेल, अनेरास्ववियू पाँचौका जिल्ला अध्यक्ष बलबहादुर गिरीले लगाएतले पनि सम्बोधन गर्नुभएको थियो ।

 

कोणसभाको संचालन जिल्ला सदस्य शसिराम खत्रीले गर्नुभएको थियो । गत कार्तिक २४ गतेबाट सुरु भएको अभियान यहि पुष २४ गते समापन हुने छ । यसैविच बलबहादुर गिरीको अध्यक्षतामा नेकपा माले निकट विद्यार्थी संगठन अनेरास्ववियू पाँचौ गठन गरिएको छ । समिति ९ सदस्यीय रहेको छ । 

 

त्यस्तै कलवहादुर दाहालकोे अध्यक्षतामा ११ सदस्यीय प्रगतिशिल युवा संघ नेपाल, रतिमान केसीको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल प्रतिशिल किसान संघ र लिला बिष्टको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल प्रगतिशिल महिला संघ पनि गठन गरिएको छ ।