• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सडक अतिक्रमणको चपेटामा सल्यानको सल्लीवजार

image not found

दुर्गा बिसी

पुस १०, सल्यान 

 

सल्यानको सल्लीवजारमा सडक अतिक्रमण गरि घर वनाउने कार्यले पछिल्लो समय तीव्रता पाएको छ । सडकले मापडण्ड नतोक्दा सडकनै मिचेर धमाधम घर निमार्ण गर्न थालिएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले सवै सहरीकरण भएका ठाउँहरुमा सडकको चौडाइ २१ देखि ३० मिटरको हुनुपर्ने मापदण्ड रहेको वताएको छ । तर सल्लीवजार लगाएत आसपासका स्थानीय वजारहरुमा भने सडकको चौडाई ९ मिटर भन्दा वढि नभएको पाइएको छ । 

 

सडक मिचि घर निमार्ण हुदाँ समेत सडकको सिमा निर्धारण नगरिदा त्यसले भविष्यमा ठुलो समस्या हुने स्थानीय व्यापारी घनबहादुर पुनको बुझाई छ । वजार स्थापना भएको १ दशक भन्दा वढि भैसक्दा समेत मापदण्ड अनुसार सडक निर्माण हुन सकेको छैन्  । सडकले मापदण्ड तोके पछि घर निमार्ण गरुलौ भनेर कुर्दा–कुर्दा ढिला भएपछि घर निर्माण गर्न थालिएको बजारवासीले बताउने गरेका छन् । साँघुरो सडकका कारण बजार क्षेत्रमा दुर्घटनाको जोखिमपनि बढेको छ भने सवारी साधन आवत जावतमा पनि समस्या देखिएको छ । 

 

छिन्चु–जाजरकोट सडक खण्डमा दैनिक सयौंको संख्यामा यातायातका साधन गुडने गर्दछन् । वजार क्षेत्रमा सडक मिचेर घर निमार्णसँगै विभिन्न निर्माण सामग्री यत्रतत्र सडकमा राखिदा पनि समस्या भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतलाई आफ्नो मापदण्ड कायम गर्न पटक पटक स्थानीयले अनुरोध गरेपनि सुनवाई नभएको सहकर्मी दुर्गा बिसीले खवर पठाएका छन् ।