• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

गाउँगाउँमा योजना बनाएर विकासमा लाग्न सांसद पुनको आग्रह

image not found

सानीभेरी समाचार डेस्क, पुस १० 

पूर्व आपूर्तिमन्त्री एवं रुकुम क्षेत्र नम्बर १ का सांसद गणेशमान पुनले गाउँगाउँमा योजना बनाएर विकास निर्माणका काममा लाग्न आग्रह गर्नुभएको छ । रुकुमको चुनवाङ गाविसका विभिन्न गाउँमा आयोजित जनभेलालाई सम्वोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । स्थानीय वस्तीस्तरबाटै विकास निर्माणका योजना बनाएर गाउँ परिषद्बाट पारित गराएर जिल्लामा पठाउन र जिल्ला परिषद्बाट पारित हुने योजनालाई एकीकृत गरी जिल्लामा हुने जिल्लाबाटै र जिल्लाको स्रोतले नपुग्ने योजनाका लागि केन्द्रबाट बजेट विनियोजन गर्नुपर्ने भएकाले चुस्तरुपमा योजना छनौट गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

 

जनताको ठूलो त्याग र हजारौं सहिदको बलिदानबाट मुलुकमा गणतन्त्र स्थापना भएकाले यसलाई सुदृढ गर्दै गणतन्त्रको प्रतिफल जनताको बीचमा पु¥याउनु आफूहरुको दायित्व भएकाले त्यसतर्फ लागिरहेको र स्थानीय जनताबाट पनि आवश्यक योजना आएमा अझ सजिलो हुने उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहनुभएका पुनले संविधानलाई सर्व स्वीकार्य बनाएर कार्यान्वायन गर्दै निर्वाचन मार्फत जनप्रतिनिधि चयन गरेर गणतन्त्रलाई सुदृढ गर्ने दिशातिर पार्टी र सरकार लागेको बताउनुभयो । पूर्वमन्त्री पुनले चुनवाङको गैरीगाउँ, दुबाचौर, दलित नमूना वस्ती डाँडागाउँ, सुर्ताने र सिमचौरमा आयोजित जनभेलालाई सम्वोधन गर्नुभएको थियो । 

 

उहाँले चुनवाङपछि चौखावाङमा हुने जनभेलालाई सम्वोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन सदस्य गोप्यश्वर केसीले जानकारी दिनुभयो । चौखावाङका चौर, चुन, हिल र होलतारमा जनभेला राखिएको उहाँले बताउनुभयो ।