• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

काँडामा अज्ञात रोगका कारण धमाधम कुखुरा मर्दै

सानिभेरी समाचार डेस्क

पुष ८ मुसिकोट,

रुकुम काँडा गाविसमा अज्ञात रोगका कारण कुखुराहरु धामाधम मर्न थालेपछि किसानहरु चिन्तीत बनेका छन् । अज्ञात रोगका कारण अहिले सम्म ५० भन्दा वढी बुखुरा मरिसकेको स्थानियले बताएका छन् । 

 

सधैँ बर्षातको समयमा कुखराहरु मर्ने गरेको भएपनि यसपटक हिउँदको समयपनि कुखुरा मर्न थालेपछि किसानहरु थप चिन्तीत बनेका हुन् । कुखुराहरु झोकराउने चारो नखाने जस्ता लक्षण देखिएको एक÷दुई दिनमै मर्ने गरेको स्थानियको भनाई छ ।

 

गाउँमा नजिकै औषधि पाइने एग्रोभेट नहुँदा झन समस्या भएको हो । सबैभन्दा वढी गाविसको ६, ७, ८ र ९ नम्बर वडा प्रभावित भएका  छन् ।