• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

१० दिन देखि वेपत्ता २ बालक परिवारको सम्पर्कमा

सानिभेरी समाचार डेस्क

पुष ७ मुसिकोट,

१० दिन देखि वेपत्ता रुकुम चौखावाङ ९ गलमपाटीका २ जना बालक परिवारको सम्पर्कमा आएका छन् । गलपाटीकै १५ वर्षीय पृथ्वीराज रोकायको साथमा युवराज  र सुमन नेपालगंज प्रहरीको सहयोगमा घर पुगेका हुन् ।

 

गत मंसिर २७ गते विद्यालय गएका ८ वर्षिय सुमन विष्ट र युवराज पुन घर नफर्किएर हराएका थिए । पृथ्वीराज रोकायले भारत जाउँ भन्दै फकाएर नेपालगन्ज सम्म पु¥याएको सुमनकी आमा पुर्णकुमारीले बताउनुभयोे ।

 

नेपालगन्जमा अलपत्र परेका विष्ट र पुनलाई प्रहरीले फेलापारी सोलावाङ प्ररहरी चौकी सम्म पु¥याउने व्यवस्था गरेको थियो । १५ वर्षीय रोकाय भने फराहर रहेका छन् ।