• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

इन्डियन प्रमियर लिग क्रिकेट आइपिएलमा आज २ खेल हुँदै

वैशाख १८ – इन्डियन प्रमियर लिग क्रिकेट आइपिएलमा शनिबार २ खेल हुँदैछन् । दिल्ली डेयरडेभिल्स र कोलकत्ता नाइट राइडर्स तथा सनराइजर्स हैदाराबाद र रोयल च्यालेन्जर्स बेङ्लोरबिच खेल हुनेछ । 

 

फिरोज शाह कोटला रंगशालामा दिल्ली र कोलकत्ता बिच हुने पहिलो खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । दिल्ली जाहिर खान तथा कोलकत्ता गौतम गाम्भिरको कप्तानीमा मैदान उत्रनेछ । 

 

यस्तै सनराइजर्स र रोयल च्यालेन्जर्सबिचको दोस्रो खेल राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा बेलुकी सवा ८ बजे हुनेछ । सनराइजर्स डेविड वार्नरको कप्तानीमा तथा रोयल विराट कोहलीको कप्तानीमा मैदान उत्रने छन् ।