• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

चरेश सहित १ महिला पक्राउ

सानिभेरी समाचार डेस्क

पुष ७ मुसिकोट,

जिल्ला प्रहरी कार्यालय रुकुमले एक किलो चरेस सहित एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको रन्मामैकोट ३ की ३२ वर्षीया खलदया पुनलाई प्रहरीले अवैध लागु औषध चरेश सहित मुसिकोट नगरपालीका १ पातुखोलाबाट पक्राउ गरेको हो ।

 

गस्तिमा गएका प्रहरीले शंकास्पद मानेपछि खोजतलास गर्दा चरेश फेला परेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार राति गस्तीमा गएको प्रहरी टोलीले लुकाएर राखेको चरेस सहित पुनलाई पक्राउ गरेको हो । 

 

घटनाको अनुसन्धानका लागि  पक्राउ गरिएका अन्य ३ जनालाई सामान्य सोधपुछ पछि छाडिएको डिएसपी जिसीले बताउनुभयो ।