• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बाल अुदान कोषबाट २८ बालबालिकाले सहयोग पाए

image not found

सानीभेरी समाचार डेस्क, पुस ६ ।

रुकुमका चार गाविसमा रहेका अति गरिव परिवारका २८ जना बालबालिकालाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको छ । नुवाकोट, खोलागाउँ, सिम्ली र गरायलाका ७÷७ जना बालवालिकालाई सहयोग गरिएको हो ।

 

सभे द चिल्डे«न र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकीकृत परियोजना अन्र्तगत बाल गरिवी पोषण कार्यक्रमबाट चामल, तेल, नुन, कापी, कलम, झोला र ज्याकेट, पाइन्ट, सर्ट लगायतका सामाग्रीहरु वितरण गरिएको पोषण अधिकृत रक्षा चन्दले बताउनुभयो ।

 

सम्बन्धित गाविसका गाउँ बाल संरक्षण समितिहरुले तथ्याङ्क संकलन गरी सिफारिस गरी पठाए अनुसार उनिहरुको तत्काल उद्धारका लागि सहयोग गरिएको उहाँले बताउनुभयो । लघु उद्यम विकास तालिम पाएका युवाहरुलाई घुम्ती कोष सञ्चालनका लागि संचालित स्थानिय सहकारीको समन्वनमा सहयोग सामाग्री वितरण गरिएको हो । 

 

घुम्ती कोष परिचालनबाट आएको ब्याजको ५० प्रतिशत रकम बाल अनुदान कोषमा जम्मा गरी त्यसबाट जम्मा भएको रकमबाट बालवालिकालाई सहयोग गरिएको एकीकृत परियोजनाका कृषि जेटिए शुसिला शर्माले जानकारी दिनुभयो ।।