• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

मग्मा गाविसको ९ औं गाउँ परिषद सम्पन्न

सानिभेरी समाचार डेस्क

पुष ६, मुसिकोट,

रुकुम मग्मा गाविसको गणतन्त्र स्थापना पछिको ९ औं गाउँ परिषद सम्पन्न भएको छ । गाविस सचिव ओमबहादुर खत्रीको अध्यक्षतामा भएको परिषदले आर्थिक वर्ष २०७३÷०७४ का लागि कुल ५७ लाख ६८ हजार बजेट विनियोजन गरेको छ । 

 

जसमा पुँजिगत तर्फ ५२ लाख २३ हजार र चालु तर्फ ५ लाख ४५ हजार रहेको छ । परिषदले समपुरक कोषतर्फ २ लाख ५० हजार, कन्टीजेन्सी तर्फ २ लाख ४८ हजार ९३, लक्षीत वर्गतर्फ २० लाख ८९ हजार २ सय, भौतिक पुर्वाधार तर्फ १५ लाख ४८ हजार ४ सय २५ र प्रवर्दनात्मक तर्फ  १० लाख २५ हजार २ सय ८२ वजेट विनियोजन गरेको छ ।

 

शिदार्थ जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नदिराम केसीको प्रमख आतिथ्यता रहेको परिषदमा मावि ढारवाङका प्रधानाध्यापक हिरालाल खनालको बिशेष आतिथ्यता रहेको थियो । 

 

त्यस्तै नेपाली काँग्रेसका जिल्ला सदस्य प्रेमबहादुर खनाल, मग्मा गाउँ सभापती देवबहादुर कुसारी, नेकपा एमाले गाउँ कमिटि अध्यक्ष मनजित कुसारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष नरबहादुर केसी, राप्रपाका कर्णबिर खत्री, नेकपा माओवादी क्रान्तीकारीका हरि पुनको आतिथ्यता रहेको थियो ।

 

त्यस्तै परिषदमा गाविस स्थित वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, लक्षित वर्ग, लगाएत सम्पुर्ण गाविसवासीको सहभागीता रहेको थियो । परिषदको संचालन गाविस सहायक मोहोन रिजालले गर्नुभएको बताईएको छ ।।