• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

पुर्ण सरसफाई अभियानमा सदरमुकाम मुसिकोट अग्र स्थानमा

image not found

सानीभेरी समाचार डेस्क, पुस ५ ।

पुर्ण सरसफाई अभियानमा रुकुम सदरमुकाम मुसिकोट अग्र स्थानमा देखिएको छ । नगरपालिकालाई सन् २०२० सम्ममा पुर्ण सरसफाई युक्त घोषणा गर्ने लक्ष राखिएकामा अहिले सम्म ४ ओटा टोल पुर्ण सरसफाई युक्त घोषणा भैसकेका छन् । 

 

मंगलबार २ ओटा टोललाई पुर्ण सरसफाई युक्त टोल घोषणा गरिएसंगै पुर्ण सरसफाई युक्त घोषणा हुने टोलको संख्या ४ पुगेको हो । पुर्ण सरसफाईका ६ ओटा सुचकहरु पुरा भएपछि मंगलबार मुसिकोट १ का माथिल्लो बागबजार र रावलवारा टोललाई संयुक्त रुपमा पुर्ण सरसफाई युक्त टोल घोषणा गरिएको हो । 

 

दुई टोलका करिब १ सय ३० घरधुरीमा पुर्ण सरसफाईका ६ ओटा सुचकले भने अनुसारका सम्पुर्ण काम पुरा भएको बताईएको छ । पुर्ण सरसफाई युक्त टोल घोषणा भएको प्रमाणपत्र प्रदान गरिएपछि औपचारिक रुपमा दुई टोल पुर्ण सरसफाई युक्त घोषणा भएका हुन् ।

 

माथिल्लो बागबजार टोलका कृष्णबहादुर ओली र रावलवारा टोलकी लक्ष्मी मल्ललाई प्रमाणपत्र प्रदान गरिएको हो । त्यस्तै पुर्ण सरसफाई युक्त टोल घोषणामा सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । 

 

एस.एन.भी नेपालको सहयोगमा रुकुमेली समाज विकास केन्द्रद्धारा संचालित दिगो सरसफाई तथा स्वच्छता कार्यक्रमको सहजिकरण र मुसिकोट नगरपालिकाको आयोजनामा २ टोल पुर्ण सरसफाई युक्त घोषणा भएका हुन् । 

 

यसअघि जिल्लाका मुसिकोट १ का चन्दननाथ र सल्ले माथीगाउँ टोल पुर्ण सरसफाई युक्त घोषणा भैसकेका छन् । मुसिकोट नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी दिनेश घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । 

 

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति महेन्द्र केसी, नेकपा एमालेका दिपकराज खड्का, संघीय समाजवादी फोरम नेपालका राजेश पुन, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गिरीप्रसाद बुढा, रुकुमेली क्याम्पसका प्रमुख मीनवहादुर पुन, स्थानिय शान्ती समितिका संयोजक देवी ओलीको आतिथ्यता रहेको थियो । 

 

त्यस्तै एसएनभी नेपालका वास अडभाईजर राजु श्रेष्ठ, रुकुमेली समाज विकास केन्द्रद्धारा संचालित दिगो सरसफाई तथा स्वच्छता कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक नरेन्द्र केसी, आईडिएस नेपालका वास कोर्डिनेटर झनक जोसी, पर्यटन सूचना केन्द्रका अध्यक्ष चन्द्रबहादुर केसी लगाएतको पनि आतिथ्यता रहेको थियो ।  

 

स्थानिय कमला बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रममा स्थानिय गणवहादुर रावलले गाउँको सरसफाईको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।