• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

चौखावाङ ९ गलमपाटीका ३ वालक ९ दिन देखि वेपत्ता

सानिभेरी समाचार डेस्क

पुष ५, मुसिकोट,

रुकुम चौखावाङ ९ गलमपाटीका ३ वालक ९ दिन देखि वेपत्ता भएका छन् । चौखावाङ ९ गलमपाटीका ८ वर्षीय सुमन विष्ट, १५ वर्षीय पृथ्वीराज रोकाय र ८ वर्षीय युवराज पुन मंसिर २७ गते देखी  वेपत्ता भएका हुन् ।

 

मंसीर २७ गते सोमबार विद्यालय गएका वालकहरु वेलुका घर नफर्किएको सुमन बिष्टकी आमा पुर्णकारी बिष्टले जानकारी दिनुभयो । पृथ्वीराजले पटक पटक इन्डीया जाम भन्दै फकाउने गरेको र योपटक उनिहरु इन्डीया गएको हुन सक्ने आफन्तहरुको अनुमान छ । 

 

वालकहरु हराएको २ दिन पछि घरमा थाहा पाएको र थाहा हुन वित्तीकै प्रहरीलाई खबर गरेको भएपनि अहिले सम्म उनिहरुको कुनै पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो । पृथ्वीराज मालिका मावि चुनमा कक्षा ९, सुमन प्रावि गलमपाटीमा कक्षा ४ र युवराज सोहि विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको बताईएको छ ।

 

वालकहरुलाई भेटाउने जो सुकैले नजिकको प्रहरी चौकी वा मोवाइल नम्बर ९८६८३६६४५९ मा फोन गर्न उनिहरुको परिवारले अनुरोध गरेको छ ।