• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

ट्याक्टर व्यावसायीले गरे ढुवानी वन्द

image not found

सानीभेरी समाचार डेस्क, पुस ३ ।

जाजरकोटको खगेनकोट देखी तल्लुवगर सम्म सञ्चालनमा रहेका ट्याक्टरहरु आज देखी वन्द गरिएको छ । जथाभावी सामान ढुवानी गरी कामदारको भावनामा खेलेको भन्दै  ट्याक्टर व्यावसाय संघ खगेनकोटले ट्याक्टर बन्द गरेको हो ।

 

ट्याक्टर व्यावसाय संघ खगेनकोटले रेट निर्धारण गरिनु पर्ने र कोही व्यापारी र ढुवानी गर्ने व्यक्ति मर्कामा पर्नु नहुने लगाएतका माग राखी आज देखी ढुवानी सेवा वन्द गरेको अध्यक्ष नेत्रवहादुर विसीले जानकारी दिनुभयो ।

 

जथाभावी गरिने ढुवानीले समानको दर रेटमा समानता नहुँने हुँदा ढुवानी भाडामा एक रुपता ल्याउन संघले माग गरेको छ ।