• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुममा मानव अधिकारको अवस्था डरलाग्दो

image not found

सानिभेरी समाचार डेस्क 

पुष २, मुसिकोट,

रुकुममा मानव अधिकार उल्लंघनका घटनामा बृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानव अधिकार बर्ष पुस्तक २०१७ प्रकाशनको पुर्वसन्ध्यामा सार्वजनिक गरेको प्रतिवेदनले जिल्लामा सन् २०१५ को तुलनामा २०१६ मा मानव अधिकारको अवस्था खस्कदो अवस्थामा रहेको देखाएको छ । 

 

इन्सेकले आज सदरमुकाम मुसिकोटमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार महिला हिंसाका घटना डरलाग्दो रुपमा बढिरहेका छन् । १ वर्षको अवधीमा जिल्लामा १० ओटा बलात्कार तथा दुव्र्यवहारका घटना घटेका छन् । बलाक्कृत हुनेमा ११ बर्षकी बालिका देखि ५० बर्षकी बृद्धा समेत रहेको इन्सेकका जिल्ला प्रतिनिधि आदर्श केसीले जानकारी दिनुभयो । उक्त घटना मध्ये एउटा घटना बोक्सी आरोपको हो ।

 

जिल्ला भरमा भएका ४ ओटा घटनामा ६ जनाको हत्या हुनुका साथै एउटा हत्या प्रयास भएको छ । ‘हत्याको शिकारपनि महिला नै भएका छन्, इन्सेक प्रतिनिधि केसीले भन्नुभयोे–६ जनाको हत्या भएकामा ५ जना महिला र १ नावालक हुन् । त्यस्तै ७ ओटा बहुविवाह, एउटा हत्या प्रयास र एउटा वेचविखनको घटना पनि कानुनि प्रक्रियामा आएका छन् । 

 

बहुविवाह बढ्नुको मुख्य कारण बाल विवाह हो । उमेर समुह र बहुविवाहबाट पिडित महिलाहरुको भनाइ अनुसार वाल विवाहकै कारण पछि श्रीमानले अर्को विबाह गर्ने गरेको पाइएको इन्सेकले उल्लेख गरेको छ । यसैविच १ वर्षमा राज्य पक्षबाट ३ ओटा कुटपिट तथा दुव्र्यवहारका घटना पनि जिल्लामा घटेका छन् । मानव अधिकार हननका घटना राज्य तर्फबाट भन्दा गैरराज्यबाट बढेको जनाईएको छ । 

 

इन्सेकले सार्वजनिक गरेका सबै घटना कानुनि पक्रियामा आएका मात्र हुन् । कानुनि प्रक्रियामा नआएका, मिलापत्रमा मिलेका र अदालतले निर्दोष ठानेर फैसला गरेका घटनालाई प्रतिवेदनमा समावेश नगरिएको इन्सेकले जनाएको छ ।