• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

जाजरकोटका पुर्वी क्षेत्रमा तीन हप्ता देखी टेलिफोन सेवा बन्द

image not found

सानीभेरी समाचार डेस्क, पुष १ ।

 

जाजरकोटका पुर्वी क्षेत्रका स्थानीयहरु तीन हप्ता देखी टेलिफोन सेवावाट वन्चित भएका छन् । रुकुमको घेत्मामा रहेको नमस्तेको टावरमा खरावी आएपछि तीन हप्ता देखी फोन सेवा बन्द भएको हो । 

 

टावरमा खरावि आउँदा रुकुमको घेत्मा सहित जाजरकोटका रग्दा, खगेनकोट, लहँ, डाडागाउँ, सक्ला, रुकुमका आठविसकोट, आठविसडाडागाउँ, स्यालाखदी, गोतामकोट लगाए गाविसका हजारौं स्थानीयहरु टेलिफोन सेवाबाट वञ्चित भएका छन् । 

 

टेलिफोन सेवा अवरोधसंगै त्यस क्षेत्रमा रहेका आईएमई सेवा समेत प्रभावित भएको छ । नेपाल टेलिकम जाजरकोटले मर्मतका लागी प्राविधिक खटाएको भने पनि टावर मर्मत हुन सकेको छैन् । 

 

तीन हप्तासम्म पनि टावर मर्मतमा सरोकारवाला निकाय गम्भिर नभएको भन्दै स्थानीयहरु आक्रोषित भएका छन् । ग्रामीण क्षेत्रका टावरहरु घाम लागेपछि मात्र सञ्चालन हुँने गरेका छन् ।।