• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सल्यानमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

 

सानीभेरी समाचार डेस्क, पुष १ रुकुम ।

सल्यानको बामे, धारापोखरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सल्यानकै सल्लीबजारदेखि सामान लिएर बामे जाँदै गरेको भे १ त ५७८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक सुर्खेत राकम २ लिसीडाँडाका ट्याक्टर चालक प्रेम विकको घटनास्थलमै मृत्यु भएको हो । 

 

बिहिबार बेलुकी ६ बजेतिर भएको दुर्घटनामा परी देवस्थल ६ की मन कुमारी पुन गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज चक्रबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते पुनलाई उपचारको लागि नेपालगन्ज लगिएको छ । 

 

कच्ची र साँघुरो बाटो भएका कारण ट्याक्टर दुर्घटना भएको बताईएको छ । ट्याक्टर सडकबाट २० मिटर तल खसेको छ । उक्त ठाउँमा पछिल्लो समय सवारी दुर्घटनाको क्रम बढेको छ । जोखिमपुर्ण सडकका कारण उक्त ठाउँमा दुर्घटनाको जोखिम बढेको हो ।