• अहिले तरंगमाविज्ञापन र सन्देश
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

त्रिपक्षिय क्रिकेटमा आज रुकुमले सल्यान संग खेल्दै

image not found

सानीभेरी समाचार डेस्क, पुष १ रुकुम ।

     बिहिबारबाट सुरु जाजरकोट, रुकुम र सल्यान विचका त्रिपक्षिय मैत्रिपुर्ण क्रिकेट प्रतियोगीताको दोस्रो खेलमा शुक्रबार(आज) रुकुम र सल्यान विचमा प्रतिस्पर्धा हुदैं छ । रुकुम हिजो आयोजक जाजरकोट संग ६ विकेटले पराजित भएको थियो भने सल्यानले आफ्नो पहिलो खेल खेल्न लागेको हो । 

 

रुकुम प्रतियोगीतामा टिकिरहन आजको खेल जित्नै पर्ने दबावमा छ । आज सल्यानलाई पराजित गर्न सके रुकुमको फाईनल प्रवेश गर्ने सम्भावना कायम रहने छ । तर आजको खेल जितेमा पनि रुकुमले जाजरकोट र सल्यानविचको खेलको नतिजामा पनि भर पुर्नपर्ने हुन्छ । 

 

३ टीम मध्ये उत्कृष्ट २ टीम फाईनल प्रवेश गर्नेछन । फाईनल खेल पर्सी हुने छ । यसक्षेत्रको क्रिकेट विकासका लागि भन्दै जाजरकोट युवा क्रिकेट क्लवले प्रतियोगीताको आयोजना गरेको हो ।