• अहिले तरंगमासुसेली (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

गरिब तथा जेहेनदार बिद्यार्थीलाई सिभिल बैंकको छात्रबृत्ति

image not found

सानीभेरी समाचार डेस्क
रुकुम पश्चिम ३, पुस ।

सिभिल बैंक लिमिटेडले रुकुम शाखाले छात्रबृत्ति प्रदान गरेको छ । आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारी बैंकले जिल्लाको पशुपति मावि मुसीकोट नगरपालिका २ रातामाटाकी एक छात्रालाई छात्रबृत्ति प्रदान गरेको हो । बिद्यालयमा कक्षा ६ मा अध्यनरत ६ मा अध्यनरत गरिब तथा जेहेनदार छात्रा अञ्जली खड्कालाई छात्रबृत्ति स्वरुप नगद ५ हजार प्रदान गरिएको बैंकले जनाएको छ । एक कार्यक्रमका विच बैंकका सहायक शाखा प्रवन्धक ओपेन्द्र बिष्टले छात्रृ बृत्ति प्रदान गरेका हुन् ।   

बैंकले गत मंसिर १० गते आफ्नो आठौं वार्षिकोत्सव मनाएकामा त्यसको एक महिनासम्म विभिन्न कार्यक्रम गर्ने योजना अनुसार गरिब तथा जेहेनदार बिद्यार्थीलाई छात्रबृत्ति बाँढिएको सहायक शाखा प्रवन्धक बिष्टले बताए । बार्षिकोत्सवकै अवसरमा रक्तदानको कार्यक्रम समेत रहेको बैंकले जनाएको छ ।

छात्रबृत्ति प्रदान कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको उपस्थिति रहेको थियो ।