• अहिले तरंगमासानीभेरी हाईलाईट्स
  • केहि छिनमासुसेली (थाहा)

ताजा अपडेट :

समाचार

प्रथम रुकुम पुर्ब पर्यटन तथा साँस्कृतिक महोत्सव सम्पन्न

image not found

सानीभेरी समाचार डेस्क

पुष ३ ।

प्रथम रुकुम पुर्व पर्यटन तथा सास्कृतिक महोत्सव मंगलबार रुकुमकोटमा सम्पन्न भएको छ । मंसिर २५ गते बाट सिस्ने गाउँपालिका ५ स्थित रुक्मिणी सहिद स्मृति रंगशालामा सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सव सोमबार सातौ दिनमा सम्पन्न भएको हो । 

 

सोमबार महोत्सवको सातौ दिन अर्थात् समापनको दिनमा स्थानिय स्तरका कलाकार तथा रास्ट्रीय कलाकार एबम लोक तथा दोहोरी गायक बर्दी पङगेनी लोकदोहोरी गायिका भुमिका गिरिले आफ्नो प्रस्तुति राख्नु भएको थियो ।

 

महोत्सवमा विभिन्न स्थानीय तथा बाह्य ब्यपारिक स्टलहरु पनि राखिएको थियो । महोत्सवको अन्तिम दिन सोमबार रुकुम पुर्ब, रुकुम पश्चिम, रोल्पा, सल्यान, दाङ, जाजरकोट, बाग्लुङ, काठमाडौ लगायतका गरि करिब ८ हजार ७ सय र सात दिन सम्म करिव २७ हजार ५ सय भन्दा बढि दर्शकहरुले महोत्सवको अबलोकन गरेको आयोजकले जानाएकोे छ ।

 

पर्यटन सास्कृतिक जडिबुटी उद्योग र व्यापार रुकुम पुर्बको समृद्धिको मुल आधार भन्ने नाराका साथ रुकुम पुर्ब चेम्बर अफ कमर्सद्वारा आयोजित महोत्सव ७ दिनसम्म सञ्चालन भएको रुकुम पुर्ब चेम्बर अफ कमर्सका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक अध्यक्ष दिलिप थापाले जानकारी दिनुभयो । 

 

यस अघि पुस ५ गतेसम्म अर्थात १० दिनसम्म महोत्सव चल्ने भनिए पनि बिबिध कारणवस महोत्सव ७ दिनसम्म मात्र सञ्चालन गरिएको उहाको भनाइ छ । 

 

रुकुम पुर्बमा भएका पर्यटकीय सास्कृतिक तथा धार्मिक स्थल चिनाउने तथा पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उदेश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।