• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

लगातार दोस्रो पटक उपाधी जित्दै क्षेत्रिय पुरुष भलिबलमा रुकुमले इतिहास रच्यो

image not found

मनिष खड्का 

३० मंसिर, रुकुम । 

मध्यपश्चिम क्षेत्रिय पुरुष भलिबलको उपाधी आयोजक रुकुमले जितेको छ । मुसिकोट खलंगाको बह्राटाकुरा खेलमैदानमा बिहिबार भएको फाईनलमा दैलेखलाई पराजित गर्दै रुकुमले उपाधी हात पारेको हो । रुकुमले यो संगै लगातार दुई पटक क्षेत्रिय पुरुष भलिबलको उपाधी जित्दै इतिहास रचेको छ । २०६८ सालमा कालिकोटमा भएको प्रतियोगीतामा रोल्पालाई पराजित गर्दै उपाधी जितेको रुकुमले दैलेखलाई हराउँदै इतिहास दोहो¥याएको हो । बिहिबार भएको खेलमा रुकुमले दैलेखलाई ३–१ को सेटमा पराजित ग¥यो । 

 

पहिलो सेट २५–२३ ले जितेको रुकुम दोस्रो सेटमा भने दैलेखसंग २५–२१ ले पराजित भएको थियो । त्यस्तै रुकुमले तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले जित्यो । रुकुमले प्रतियोगीतामा अपराजित रहदै विजेता बनेको रुकुमले ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । उपाधी जितेको हो । रुकुमसंग पराजित दैलेखले उपविजेतामा चित्त बुझाउन बाध्य भयो । रुकुम जुम्लालाई र दैलेख कालिकोटलाई पराजित गर्दै प्रतियोगीताको फाईनल प्रवेश गरेका थिए । प्रतियोगीतामा कालिकोटले तेस्रो स्थान प्राप्त गरेको छ । 

 

बिहिबारै तस्रो स्थानका लागि भएको खेलमा जुम्लालाई पराजित गर्दै कालिकोटले तेस्रो स्थान हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा कालिकोट विजयी भएको थियो । उपविजेता र तेस्रो स्थान प्राप्त गर्नेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यहि मंसिर २६ गतेबाट सुरु भएको प्रतियोगीताको आज एक कार्यक्रमका विच समापन गरिएको छ । 

 

मध्यपश्चिम खेलकुद विकास समितिका सदस्य तथा प्रतियोगीताका संयोजक टपेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेमराज पुनले गर्नुभएको थियो ।