• अहिले तरंगमास्थानिय कलाकारका लोक गितहरु
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

विषाक्त रक्सि खाँदा रुकुममा तीन जनाको मृत्यु

image not found

सानीभेरी समाचार डेस्क

पुष, २ ।

रुकुम पश्चिममा विषाक्त रक्सि खाँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका १२ मा विषाक्त रक्सि सेवन गर्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

मृत्यु हुनेमा जिल्लाको सानीभेरी गाउँपालिका ९ मगरराङजाका ६३ वर्षिय खम्बु कामी, मुसीकोट नगरपालिका ११ लहुँ भलाक्चाका ५४ वर्षिय कमानसिंह सार्की र मुसीकोट नगरपालिका १२ नयाँगाउँका २१ वर्षिय पलवहादुर विक रहेका छन् । 

 

उनिहरुले ओरेन्ज नामक रक्सि सेवन गरेको पाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताउनुभयो । ‘मृतकहरुले ओरेन्ज नाम लेखिएको बजारमा पाईने रक्सि खाएर सुतेको पाईयो, उहाँले भन्नुभयो–उक्त रक्सिकै कारण उनिहरुको मृत्यु भएको हुन सक्छ, यस बारेमा थप जानकारी भने पोष्टमार्टम पछि आउँने छ ।’ 

 

उनिहरु मुसीकोट नगरपालिका १२ जुम्लावाङको एक विवाहमा सहभागी हुन आएको र सोही ठाउँमै रक्सि सेवन गरी सुतेको प्रहरीले जनाएको छ । बेलुका सकुशल सुतेका उनिहरु बिहान मृत अवस्थामा फेला परेका थिए । उनिहरु संगै सुतेका अन्य २ जना भने सकुशल रहेका छन् ।