• अहिले तरंगमासुसेली (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज अमेरिका प्रस्थान

पुष, २ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज अमेरिका जानु भएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सँग बुधबार भेट गर्नु हुने कार्यक्रम छ । 

 

अमेरिका रहनुहुँदा उहाँले ह्वाइट हाउस, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड), र मिलेनियम च्यालेन्ज सहयोग कार्यक्रम लगायत निकायका उच्च अधिकारीसँग भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यस्तै, बुधबार परराष्ट्र सचिव शंकर वैरागीको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले अमेरिकाको दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री एलिस जी बेल्सको नेतृत्वको अमेरिकी टोलीसँग छलफल गर्ने कार्यक्रम छ । 

 

नेपाली प्रतिनिधि मण्डलमा अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुनकुमार कार्की, परराष्ट्र तथा गृह मन्त्रालयका सहसचिवका साथै अन्य अधिकृत पनि सहभागी हुने जनाइएको छ । परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।