• अहिले तरंगमासुसेली (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

पाँच घण्टामै चोर पक्राउ

सानीभेरी समाचार डेस्क

पुष, २ ।

रुकुम पश्चिममा चोरीको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको त्रिवेणि गाउँपालिका ३ झुल्नेटामा डिल्लीवहादुर खड्काको इलेक्ट्रोनिक्स पसलमा चोरी गरेको आरोपमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ५ हुकामका १९ वर्षिय बिजय मल्ल पक्राउ परेका हुन् ।  

 

मल्लका साथबाट नगद ५ हजार ८ सय ३५, विभिन्न कम्पनिका ५ थान मोबाईल सेट, १ थान क्यामेरा, रिचार्ज कार्ड, घडी र ताला फोड्न प्रयोग गरिएका विभिन्न सामाग्रीहरु बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

 

मल्लले झुल्नेटामै रहेको संगम सुनचाँदी पसलमा पनि तोडफोड गरेको प्रहरीको भनाई छ । शुक्रबार राति २, ३ बजेको समयमा चोरी भएको र चोरी भएको ५ घण्टामै चोर पक्रन सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले मल्ललाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।