• अहिले तरंगमासुसेली (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

नेकपा रुकुम गाउँ पस्यो

image not found

सानीभेरी समाचार डेस्क

पुष, २ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रुकुम पश्चिम गाउँ पसेको छ । सुधृढ पार्टी र जनउत्तरदायि सरकार निर्माणका सन्दर्भमा सुझाव संकलन अभियान लिएर नेकपा गाउँ पसेको हो । यस अभियानका लागि नेकपाले जिल्लालाई तीन कमाण्डमा विभाजन गरेको छ । प्रत्येक कमाण्डको पार्टीका केन्द्रीय सदस्यले नेतृत्व गरिरहेका छन् ।

 

मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिका कमाण्डको केन्द्रीय सदस्य शेरवहादुर केसी, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका कमाण्डको केन्द्रीय सदस्य राजकुमार शर्मा(आर्ट) तथा आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिका कमाण्डको केन्द्रीय सदस्य बसन्तकुमार शर्मा(कुशल)ले नेतृत्व गरिरहेको नेकपाका जिल्ला संयोजक महेन्द्र केसी(पारषमणि)ले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार सबै कमाण्डमा पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला तथा गाउँपालिका स्तरीय नेता कार्यकर्ताहरुको सहभागीता छ ।

 

मुसीकोट–त्रिवेणि कामण्डमा प्रदेश कमिटी सदस्य बिमल कुमार पुन, बिमला केसी, देवि ओली र जिल्ला संयोजक पारषमणि लगायत, आठबीसकोट–बाँफिकोट कमाण्डमा प्रदेश सदस्य ठगेन्द्रप्रकाश पुरी, रातो कामी लगायत र चौरजहारी–सानीभेरी कमाण्डमा प्रदेश सदस्य गोपाल शर्मा(अनल), तिर्था गौतम लगायतको सहभागीता छ । यस अभियानको आइतबार बाट सुरुवात  भएको छ । 

 

आइतबार बाँफिकोट गाउँपालिका १ र सानीभेरी गाउँपालिका ५ मा सुझाव संकलन कार्यक्रम भएको छ । पार्टी एकताको सन्देश लिएर गाउँमा पुगेर एकता प्रक्रियालाई टुंग्याउन र स्थानीय सरकारलाई कसरी जनमुखि बनाउन सकिन्छ भनेर सुझाव लिने तथा त्यसलाई मार्ग निर्देशका रुपमा लिन अभियान संचालन गरिएको नेकपाले जनाएको छ । 

 

आइतबारबाट सुरु भएको वडा स्तरीय अभियान २५ गतेसम्म सम्म संचालन हुने छ । भने २७ गतेबाट माघ ५ सम्म पालिका स्तरिय सुझाव संकलन अभियान संचालन हुने पार्टीका जिल्ला संयोजक पारषमणिले जानकारी दिनुभयो । 

 

केन्द्रमा पार्टी एकता भएको लामो समयसम्म पनि तल्लो स्तरमा एकता प्रक्रिया सुरु हुन नसकी पार्टी कार्यकर्तामा नैराश्यता पैदा भैरहेको अवस्थामा नेकपा जिल्लाले थालेको यस अभियानलाई चासोका साथ हेरिएको छ ।