• अहिले तरंगमासानीभेरी हाईलाईट्स
  • केहि छिनमासुसेली (थाहा)

ताजा अपडेट :

समाचार

नगर वस संचालनको तयारी

image not found

सानीभेरी समाचार डेस्क

मंसीर, २९ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बससेवा सञ्चालनको तयारी गरेको छ । सर्वसाधारणलाई सस्तो र भरपर्दो यातायात सेवा उपलब्ध गराउने भन्दै नगरपालिकाले ३ बस सञ्चालनको तयारी गरेको हो ।

 

गत असोज २० गते बसेको नगर कार्यपालिकाको बैठकले सर्वसाधारणको सजिलोका लागि बस सञ्चालन कार्य्विधि पास गरिसकेको छ । कार्यपालिकाको निर्णयअनुसार बस खरिदका लागि नगरपालिकाले सूचना जारीसमेत गरिसकेको छ । 

 

नगर बस सञ्चालनका लागि ३ बस खरिदका सूचना जारी गरिसकेको नगरप्रमुख विशाल शर्माले बताउनुभयो । आवश्यक प्रक्रिया पुगेपछि बस आइपुग्ने शर्माको भनाइ छ । 

 

नगरपालिकाका सबै वडामा सडक पुगिसकेको अवस्थामा स्थानीयलाई सर्वसुलभ यातायात सेवा प्रदान गर्न बस सञ्चालनमा ल्याउन लागेको हो । सबै बस ३२ सिट क्षमताका हुने जनाइएको छ । ३ बसमध्ये चौरजहारी उपत्यकादेखि १४ नम्बर वडाको नुवाकोटडाँडासम्म २ बस चल्नेछन् । 

 

एउटा बस बिहान नुवाकोटडाँडादेखि चौरजहारीसम्म चल्नेछ भने अर्को बस पनि सोही रुटमा सोही समयमै चलाइनेछ । नगरपालिका देखि सबैभन्दा टाढा भएको १४ नम्बर वडाको नुवाकोटडाँडा र तिमिले गाउँ हो ।

 

अर्को बस चौरजहारी उपत्यकाभित्रै सञ्चालन गरिनेछ । सर्वसाधारणलाई नगरपालिका कार्यालय पु¥याउने, चौरजहारी अस्पताल पु¥याउने तथा उपत्यका भित्रै आवातजावत गर्नेका लागि बस सञ्चालन गरिनेछ । नगरपालिकाले गत आर्थिक वर्षमा नगरका १४ वडामै सडक पु¥याइसकेको छ ।

 

अबको ३ महिनामै स्थानीयले पैदल हिँड्नुपर्ने बाध्यताबाट छुटकरा पाउने नगरपालिकाको दाबी छ । जोखिम साथ यात्रा गर्नुपर्ने तथा महँगो भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य पनि नगर बस सञ्चालनबाट गरिने नगरपालिकाले जनाएको छ ।