• अहिले तरंगमासुसेली (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

भैलो खेलेको रकमबाट ६ कोठे पक्कि भवन

image not found

सानीभेरी समाचार डेस्क

मंसीर २८ ।

रुकुम पूर्वको एक विद्यालयले भैलो खेलेर संकलन भएको रकमबाट भवन निर्माण गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका ६ रुकुमकोटमा रहेको रुक्मिणि माविले भैलो खेलेर संकलन भएको रकमबाट ६ कोठे पक्कि विद्यालय भवन निर्माण गरेको हो । 

 

बिद्यालयले २०७२ सालदेखि भैलो खेलि संकलन भएको ७ लाख र विद्यालयको आन्तरिक स्रोतबाट ३४ लाख गरी कुल ४१ लाखको लगानिमा ६ कोठे पक्कि भवन निर्माण गरेको छ । विद्यालयले प्रत्येक वर्षको तिहारमा देउसि भैलो खेल्ने गरेको छ । 

 

भैलोबाट संकलन भएको रकम जथाभावि खर्च नगरी विद्यालयको भौतिक संरचना सुधारमा प्रयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द समालले जानकारी दिनुभयो । 

 

भवन निर्माणमा भैलोबाट संकलन भएको सहित बिद्यालयले संचालन गरेको धार्मिक महोत्सवबाट संकलन भएको रकम पनि खर्च भएको अध्यक्ष समालले बताउनुभयो । बिद्यालयले २०७३ सालमा बिद्यालयको समग्र विकासका लागि भन्दै धार्मिक महोत्सव संचालन गरेको थियो । 

 

उक्त ६ कोठे भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अव भवनमा रंग रोगन सहित झ्याल राख्न बाँकी रहेको बिद्यालयले जनाएको छ । अवको एक महिना भित्रमै भवन निर्माणको सम्पुर्ण काम सकिने अध्यक्ष समालले जानकारी दिनुभयो । 

 

भवन निर्माण सम्पन्न भएमा विद्यालयमा हाल देखिएको कक्षा कोठाको अभाव हट्ने भएको छ । विद्यालयमा रहेका पुराना कच्चि भवन भत्काईएपछि कक्षा कोठाको अभाव देखिएको र यो भवन निर्माण भएमा कक्षा कोठाको समस्या हल हुने विद्यालयका प्रध्यानाध्यापक कृष्ण गौतमले जानकारी दिनुभयो । 

 

उक्त भवनमा आधारभुत तह १–५ को पठन पाठन गर्ने विद्यालयको तयारी रहेको गौतमले बताउनुभयो । विद्यालयमा हाल ९ सय ३६ बिद्यार्थी अध्यनरत छन् । बिद्यालयमा सिटीईभिटीबाट सम्बन्धन प्राप्त १८ महिने कृषि जेटिय र कक्षा ९–१२ मा शिक्षा मन्त्रालयबाट सम्बन्धन प्राप्त प्राविधिक धार तर्फको बालि बिज्ञानको पनि पठन पाठन भैरहेको छ ।