• अहिले तरंगमास्थानिय कलाकारका लोक गितहरु
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

अति जिर्ण बेलिब्रिजमाथी दैनिक सयौं सवारी

image not found

सानीभेरी समाचार डेस्क

मंसीर, २७ ।

राप्ती राजमार्ग अन्तरगत रुकुम पश्चिमको मुसीकोट ४ बैरागिठाँटीमा पर्ने बेलि ब्रिज जिर्ण बनेको छ । मर्मत गरिएको एक बर्षमै ब्रिज जिर्ण बनेको हो । २०६२ सालमा निर्माण भएको बेलिब्रिज जिर्ण बनेपछि गत वर्ष मर्मत गरिएको थियो । 

 

सडक डिभिजन कार्यालय चौरजहारीको करिब २५ लाख लागतमा ब्रिजको मर्मत गरिएपनि मर्मतको एक वर्ष नबित्दै पुनः जिर्ण बनेको हो । पुलमा राखिएका फलामका पाता टुक्रिएर झर्न लागेका छन् । यसले गर्दा पुलमा दर्जन बढी ठुला ठुला प्वालहरु परेका छन् । 

 

केहि पाताहरु भने उप्किएर ठाडिएका छन् । पुलमा ठुला ठुला प्वाल पर्नु र पाताहरु उम्किएर ठाडिएपछि जोखिम बढेको छ । पुल जिर्ण बनेपछि दैनिक सयौं सवारीका साधनहरु जोखिम मोलर पुल वारपार गर्न बाध्य भएका छन् । यस राजमार्ग भएर दैनिक सयौं गाडिहरु रुकुम भित्रिने तथा रुकुमबाट बाहिरिने गरेका छन् । 

 

पुल जिर्ण बन्दा पनि सरोकारवाला निकायहरु भने मौन रहेका छन् । दिनहुँ पुल जिर्ण बन्दै गएको र जोखिम पनि बढ्दै गएको अवस्थामा पुलको मर्मतका लागि सडक डिभिजन कार्यालय मौन छ । पुल मर्मतका लागि अहिले कुनै योजना नरहेको कार्यालयले जनाएको छ । कार्यालय विगत एक महिना देखि प्रमुख विहिन छ । 

 

तत्कालिन डिभिजन प्रमुख आशिस थापामगर एक महिना अगाडि सरुवा भएर गएपछि अहिले सम्म कार्यालयमा प्रमुखको सरुवा भएको छैन् । यसले गर्दा नयाँ योजना निर्माणमा समस्या रहेको पाईएको छ । 

प्रमुख नहुँदा कार्यालयको कामकाज धानिरहेका सव इन्जिनियर टोपेन्द्र खड्काले उक्त बेलिब्रिज मर्मतका लागि हाल कार्यालयमा कुनै योजना रहेका बारेमा आफुलाई जानकारी नभएको बताउनुभयो । 

 

तत्काल पुलको मर्मतका लागि सडक डिभिजन कार्यालय चौरजहारीलाई पटक पटक आग्रह गरिएपनि कार्यालयले कुनै वास्ता नगरेको मुसीकोट नगरपालिकाले जनाएको छ ।