• अहिले तरंगमासानीभेरी हाईलाईट्स
  • केहि छिनमासुसेली (थाहा)

ताजा अपडेट :

समाचार

मदिरा सेवन गरेका युवाद्धारा गाउँपालिका अध्यक्षमाथी कुटपिट

image not found

सानीभेरी समाचार डेस्क

मंसीर, २६ ।

मदिरा सेवन गरेका युवाहरुले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मवहादुर केसीमाथी कुटपिट गरेका छन् । आफ्नै घरमा सुतेका अध्यक्ष केसीमाथी अत्यधिक मदिरा सेवन गरेका केहि युवाहरुले मंगलबार राति अध्यक्ष केसीमाथी कुटपिट गरेका हुन् । 

 

बाँफिकोट गाउँपालिका वडा नम्वर ४ स्थित घरमा सुतिरहेका गाउँपालिका अध्यक्षमाथी विहेबाट फर्किरहेका युवाले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । कुटपिटबाट अध्यक्ष केसीको टाउकामा ३ वटा टाँका लगाइएको छ । त्यस्तै कुटपिटबाट गालामा पनि चोट लागेको छ ।  

 

मदिरा सेवन गरेका युवाहरुले अध्यक्ष केसीको घरबाहिर राखिएका भाँडाकुँडा तोडफोड गर्न थालेपछि घर बाहिरै आएर त्यसो नगर्न आग्रह गर्दा अध्यक्षमाथी कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

 

अध्यक्ष माथी कुटपिट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । डिएसपी खड्काका अनुसार राती १ बजे ५ र विहान २ जनालाई नियन्त्रणमा लिइएको हो । अत्याधिक मदिरा सेवन गरेकाहरुले घरमै बसेका अध्यक्षमाथी विना कारण कुटपिट गरेको प्रहरीले बताएको छ ।

 

कुटपिटबाट घाईते भएका अध्यक्ष केसी बाँफिकोट स्वास्थ्य चौकीमा राति नै उपचार गराएर घर फर्किएको बताईएको छ ।