• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

मन्त्री समक्ष विभिन्न माग

image not found

मदन बिसी रुकुम पूर्व,

मंसीर ९ ।

रुकुम पूर्वका सामुदायिक विद्यालय तथा क्याम्पसहरुले ५ नम्बर प्रदेश सरकार समक्ष शैक्षिक विकासका विभिन्न माग राखेका छन् । प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बराल समक्ष जिल्लाको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पस रुकुमकोट तथा जिल्लाका दुई सामुदायिक विद्यालय रुक्मिणी मावि रुकुमकोट र त्रिभुवन जनता मावि छिप्रीदहले विभिन्न माग सहितको पत्र बुझाएका छन् ।

 

सिस्ने शिक्षा क्याम्पस २०६४ देखि अहिलेसम्म विद्यार्थीले तिर्ने विभिन्न शुल्कको भरमा चल्दै आएको र क्याम्पस संचालनमा समस्या देखिने गरेको क्याम्पस प्रमुख तिब्र गौतमले मन्त्री बराललाई जानकारी गराउनुभएको थियो । 

 

प्राबिधिक संकायहरु थप गरि क्याम्पसलाई बहुमुखीकरण गर्ने योजना क्याम्पसको रहेको पनि उहाँले जानकारी गराउनुभयो । यसका लागि शैक्षिक, भौतिक तथा आर्थिक रुपमा निकै चुनौतीपुर्ण रहेकाले क्याम्पसलाई कुनै पनि विश्व विद्यालयको आङगिक क्याम्पस बनाउन क्याम्पसको माग छ । 

 

ब्यबस्थापन संकाय थप गरी स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्नका लागि ब्यबस्थित शैक्षिक भवन निर्माण गर्नुपर्ने छुट्टै प्रशासनिक भवन र पुस्तकालय तथा छात्रवास निर्माण, शौचालय निर्माण र खेलमैदान निर्माणका लागि आवश्यक बजेटको ब्यबस्था गरिदिन पनि क्याम्पसले माग गरेको छ । 

 

यसैबीच रुक्मिणी माबि रुकुमकोट र त्रिभुवन जनता माबि छिप्रीदह रुकुमकोटले सामुदायिक विद्यालयमा प्राबिधिक विषय सञ्चालन गर्न भौतिक संरचनाको अभाव रहेको तथा विद्यालयमा प्राबिधिक विषय र अन्य विषयहरुको पठनपाठन गराउनको लागि शिक्षकको दरबन्दी न्यून रहेकाले त्यसको ब्यबस्थापन गर्न माग गरेका छन । 

 

मागपत्र बुझ्दै बरालले रुकुम पुर्बको एकमात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसलाई आङगिक बनाउनका लागि केन्द्र तथा प्रदेश स्तरमा बहस भइरहेको जानकारी बताउनुभएको छ । ‘यहाँको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि यस क्याम्पसलाई छिट्टै आङगिक बनाईदै छ तपाईहरु ढुक्क हुनुहोस उहाँले भन्नुभयो ।’ 

 

त्यस्तै मन्त्री बरालले प्रदेशकै शिक्षालाई गुणस्तरीय बनाउँनका लागि प्रदेश सरकार लागि परेको बताउनुभएको थियो । यसका लागि भौतिक संरचना निर्माण, शिक्षक कर्मचारीको व्यवस्थापन लगाएतमा सरकार गम्भिर रहेको उहाँको भनाई छ । 

 

जिल्लाको रुकुमकोटमा पुगेका बेला दुई सामुदायिक विद्यालय र एक क्याम्पसले सामाजिक बिकास मन्त्री बराललाई माग पत्र बुझाएका हुन् ।