• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

किसानले फलाएको स्याउ विकेन

image not found

सानीभेरी समाचार डेस्क

मंसीर, ९ ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न ठाउँमा फलेको स्याउ बिक्रि नहुँदा कुहिने अवस्थामा पुगेको छ । बजार नपाउँदा किसानले फलाएका स्याउ बिक्रि हुन नसकेका हुन् । गत असोज महिनामै टिपिएका स्याउ बिक्रि नहुँदा कुहिने अवस्थामा पुगिसकेका छन् । 

 

विशेष गरी पुथाउत्तरगंगा गाउ“पालिकाको १, २, ५, १० र ११ नम्वर वडामा धेरै स्याउ फल्ने गरेको छ । गाउँपालिकाका ६, ९, १२, १३ र १४ नम्वर वडाका विभिन्न ठाउ“मा पनि स्याउका बोट छन् । गाउ“पालिकाभर ३० हजार बढी स्याउका बोट रहेको बताईएको छ । 

 

जसमा ३ हजार बढी स्याउका बोटले फल दिने गरेका छन् । घरैपिच्छे स्याउका बोट भएपनि बजारसम्म पु¥याउन उपयुक्त माध्यम नहुँनु तथा ढुवानी गर्न महंगो पर्ने हु“दा वर्षेनि स्याउ घरमै तथा बोटमै कुहिने गरेका छन् । जसका कारण किसानहरु चिन्तित छन ।

 

बजार नपाई घरमै स्याउ कुहिन थालेपछि त्यस ठाउँका किसानहरुले स्याउको रक्सि बनाउन सुरु गरेका छन् । पुथाउत्तररगंगा गाउ“पालिकाको १ र २ नम्वर वडामा फलेका स्याउको रक्सि बनाउन सुरु गरिएको छ । स्याउ विक्री नहुने पक्का भएपछि स्थानीयले स्याउको रक्सि बनाउन थालेका हुन् । 

 

२ नम्वर वडाको पेल्मा र १ नम्वर वडाको मैकोट लगायतका ठाउ“मा फलेको स्याउबाट रक्सि निकाल्न लागिएको हो । त्यहाँ स्याउ फल्न लागेको धेरै भएको छैन् । स्याउ फलाउन थालेपनि विक्री गर्न सम्भव नभएपछि किसानहरुले समस्या झेलिरहेका छन् । 

 

स्याउ टिप्ने क्रममा ढुवानीमा अनुदान पाइने आशमा रहेका किसानहरुले अनुदान नपाएपछि स्याउको रक्सि बनाउन थालेका छन् । भने कतिपयले भने मकैस“ग स्याउ साट्न थालेको गाउ“ कार्यपालिका सदस्य समेत रहेका पेल्मा निवासी स्याउ किसान जिताराम कामीले जानकारी दिनुभयो । 

 

तीन माना स्याउ बराबर एक माना मकै साटिने गरेको उहाँले बताउनुभयो । मैकोट तथा पेल्मासम्म सडक नपुगेका कारण ढुवानी नै महंगो पर्ने भएकाले आफूहरुले स्याउ विक्री गर्न नसकेको कामिको गुनासो छ ।