• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

जीप दुर्घटनामा परी १० घाईते

image not found

सानीभेरी समाचार डेस्क

मंसीर, ९ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका २ विजयश्वरीमा जीप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । चौरजहारी नगरपालिकाको सर्केनाबाट चौरजहारी तर्फ जादै गरेको रा १ ज ५३५ नम्बरको जीप सनिबार दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 

घाईते मध्ये मध्य ७ जनालाई नेपालगञ्च रिफर गरिएको छ । नेपालगञ्च रिफर हुनेमा चौरजहारि नगरपालिका २ कि ४५ बर्षिय त्रिपुरा गौतम, ३ कि ३६ वर्षिय दिपा खत्री, वडा नम्वर ४ कि २५ वर्षिय रेवति भण्डारी, तुला डिसी, केसब केसी, ६ को नेहा खत्री रहेका छन् । 

 

अन्य तिन जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । चालक ईलाका प्रहरी कार्यालय चौरजहारीको नियन्त्रणमा रहेको प्रहरी बताएको छ ।