• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुम पूर्वमा दुई सरकारी कार्यालय उद्घाटन

image not found

मदन बिसी रुकुम पूर्व,

मंसीर, ७ ।

रुकुम पूर्वमा आज दुईवटा सरकारी कार्यालयको उद्घाटन गरिएको छ । दुइ वटै कार्यालयको आज एक कार्यक्रमकाबिच प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नु भएको हो । 

 

जिल्लामा घरेलु तथा साना उद्योग बिकास समिति र जिल्ला जनश्वास्थ्य कार्यालय उद्घाटन गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय सिस्ने गाउँपालिका ६ छिप्रीदहमा राखिएको छ भन्ने जिल्ला जन स्वास्थ्य कार्यालय सिस्ने गाउँपालिका ५ चोकबजारमा राखिएको छ । 

 

कार्यालयको उद्घाटन गर्दै सामाजिक बिकास मन्त्री बरालले ढिलै भए पनि अति आवश्यक घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय स्थापना भएकोले स्थानियलाई उद्योग ब्यबसाय सञ्चालन गर्न सहज हुने बताउनुभएको छ । 

 

त्यस्तै रुकुम पुर्बका बासिन्दाले अब भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पाउने कुरामा बिस्वास समेत व्यक्त गनुृभयो । मन्त्री बरालले दुइवटै कार्यालयबाट गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन समेत कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । 

 

यसअघि जिल्लामा घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय नहुँदा अधिकांस उद्योगी ब्यबसायीहरुले रुकुम पश्चिममा आएर आफ्नो ब्यबसाय दर्ता, नवीकरण तथा ब्यबसाय सम्बन्धि अन्य कामकाज गर्दै आएका थिए । 

 

उक्त कार्यालय उद्घाटन भए संगै रुकुम पुर्बमा एक दर्जन भन्दा बढी सरकारी कार्यालय स्थापना भइसकेका छन । अति आवश्यक सरकारी कार्यालय जिल्लामै स्थापना भएपछि रुकुम पूर्बका नागरिकहरु खुसी भएका छन् ।

 

देश संघीय संरचनामा गइसकेपछि रुकुम पुर्बले गत बर्ष असोज १९ गते छुट्टै जिल्लाको मान्यता पाएको थियो । हाल जिल्लामा जिल्ला प्रशासन कार्यालय, जिल्ला समुन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला मालपोत कार्यालय लगायतका कार्यालय स्थापना भएका छन् ।