• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

साधारण मावि मुरुडाँडामा तालाबन्दी

image not found

सानीभेरी समाचार डेस्क

मंसीर, ६ ।

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ७ मा रहेको साधारण माध्यमिक विद्यालय मुरुडाँडामा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । विद्यालयमा कम्युटर विषय तथा अन्य विषयको पनि नियमित पठनपाठन हुनुपर्ने माग राख्दै बुधबारदेखि विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

 

नयाँ शैक्षिसत्र सुरु भएदेखि कम्युटर विषय शिक्षक नियुक्त नगरिएको र गणित, विज्ञान लगाएतका अन्य विषयको पनि नियमित पठनपाठन नभएकोले विद्यालयमा तालाबन्दी गरिएको विद्यार्थीले बताएका छन् । विषय शिक्षक नियुक्त गरी तत्काल पठनपाठन सुचारु गर्न पटक पटक आग्रह गर्दापनि विद्यालय प्रशासनले कुनै वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको विद्यार्थी दिपेन्द्र ओलीले बताउनुभयो ।

 

साथै तत्काल राखेका माग पुरा नहुन्जेल सम्म आफुहरुको आन्दोलन र तालाबन्दी जारी रहने विद्यार्थीले बताएका छन् । यसैविच विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिनोदकुमार बुढाले कम्युटर शिक्षक नियुक्तिका लागी तयारी भैरहेको जानकारी दिनुभयो । 

 

शिक्षक नियुक्तीका लागी यहि मंसीर १ गते शनिबार तोकीएको परिक्षा बिशेष कारणबस रोकिएको भन्दै अबको २÷३ दिनभित्र पुनः परिक्षाको मिति तोकिने उहाँले बताउनुभयो । त्यस्तै तालाबन्दी तथा बिबिध बिषयमा छलफल गर्न भोली विद्यालयमा सर्बपक्षिय छलफलमा बोलाइएको समेत अध्यक्ष बुढाले बताउनुभयो ।