• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा गर्न राज्यमन्त्री मल्लको निर्देशन

image not found

३० मंसिर २०७३ 

रुकुम, 

शहरी विकास राज्य मन्त्री मिठु मल्लले भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा गर्न  निर्माण कम्पनि लाई निर्देशन दिनुभएको छ । शहरी विकास तथा भवन निर्माण विभाग नयाँ शहर आयोजना चौरजहारी रुकुमको भवन शिलान्यास कार्यक्रम लाई संम्वोधन गर्दै मन्त्री मल्लले यस्तो वताउनु भएको हो ।कार्यक्रम लाई संम्वोधन गर्दै राज्य मन्त्री मल्लले  निर्माणधिन अवस्थामा रहेका भवन वाटो र वसपार्क निर्धारीत समय भित्र पुरा गर्न निर्माण कम्पनि लाई आग्रह गर्नुभएको हो । उहाँले स्टमेट अनुसार वजेट अभावका कारण काम ढिला हुने अवस्था भएमा त्यसको लागी मन्त्रालय वाट थप वजेटको व्यवस्था गर्ने वचन दिनुभएको छ । चौरजहारी नगरपालिका १ नाखिरामा शिल्यान्यास गरीएको  २ तले भवनको कुल लागत १ करोड ९७ लाख रकम रहेको छ । रोयल कन्ट्रक्सन धनगढीले ठेक्का लिएको भवन आगामी ०७४ साल माघ १५ गते काम सम्पन्न गर्ने ठेक्कका संझौतामा उल्लेख गरीएको  छ । कार्यक्रममा नेपाली कंगेसका नेता एवम पुर्व राज्यमन्त्री गोपाल जीजंग शाह पुर्व दलित आयोगका अध्यक्ष मान वहादुर नेपाली लगाएतका अतिथीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नगर विकास अध्यक्ष ज्ञानेन्द्र वुढाथाृेकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।।