• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

एक वर्षमा ५९ मानव अधिकार उल्लंघनका घटना

image not found

सानीभेरी समाचार डेस्क

मंसीर ५ ।

बितेको एक वर्षमा रुकुम(पश्चिम)मा ५९ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । २०१८ जनवरी देखि हालसम्म विभिन्न शिर्षकमा ५९ वटा मानव अधिकार उल्लंघनका घटना भएको तथ्यांक सार्वजनिक भएको छ ।  

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तक, २०१९ को वार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरी जिल्लामा एकवर्षको अबधिमा भएका मानव अधिकार उल्लंघनका घटना सार्वजनिक गरेको हो । 

  

इन्सेकले सार्वजनिक गरेको तथ्यांकमा जिल्लामा सबै भन्दा बढि महिला बिरुद्ध हुने भेदभाव र दुव्र्यवहारका घटना रहेका छन् । उसका अनुसार घरेलु हिंसा धम्की र कुटपिटका सबैभन्दा बढी २१ वटा घटना रहेका छन् । 

 

त्यस्तै बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका ११ वटा, गैरराज्य पक्षबाट धम्की तथा कुटपिटका १० ओटा, बहुविवाहका चारवटा, अन्य पक्षबाट हत्याका तिन वटा, परिवार पक्षबाट हत्याको तिन वटा, बालबिबाहको एक र विद्यालयमा शारिरीक दण्ड सजायको एउटा घटना रहेको इन्सेकले जनाएको छ ।

 

इन्सेक प्रतिनिधि मनिषा केसीले एक वर्षको अबधिमा भएका मानव अधिकार उल्लंघनका घटना सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार यी सबै घटना प्रहरीमा दर्ता भएका घटना हुन । ति मध्य कुनै फैसला भैसकेका छन् भने कुनै फैसला हुन बाँकी छन् ।

 

बार्षिक पूर्व समिक्षा कार्यक्रममा सहभागीहरुले जिल्लामा मानव अधिकार उल्लंघनका घटना बढ्दै गएको बताएका छन् । स्थानीय तहमा गठित न्यायिक समितिले हेर्ने खालका मुद्धा मेलमिलाप समितिमा दर्ता हुने भएकाले यस्ता खाले घटनाहरुलाई भने पुस्तकमा समेटिएको छैन ।